काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीचको सम्बन्ध कमजोर बनाउने षडयन्त्र बेला बेला हुने गरेको बताएका छन् ।


ADVERTISEMENT


नेपाल भारत मैत्री संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले सनसनीपूर्ण गलत अपुष्ट सूचना संप्रेषण गरेर नेपाल भारत सम्बन्धलाई प्रदुषित गर्ने प्रयत्न भएको समेत बताए । उनले सरकार नेपाल र भारतको सम्बन्ध थप प्रगाढ बनाउदै अघि बढाउन प्रतिवद्ध रहेको धारणा राखे ।


ADVERTISEMENT

# # #


मन्त्री ज्ञवालीले नेपालले भारतसंगको मित्रतालाई उच्च महत्व दिने र आर्थिक सामाजिक साझेदारीमार्फत सम्बन्धलाई परिणाममूखी बनाउन चाहने जिकिर गरे । नेपाल भारतबीच असल सम्बन्ध र समझदारी बाहेक अर्को विकल्प नरहेको उनको भनाई छ । ।

त्यस्तै कार्यक्रममा सञ्चारमन्त्री पार्वत गुरुङले छिमेकी राष्ट्रहरुको सम्बन्ध थप प्रगाढ भए जनताको सम्बन्ध पनि प्रगाढ हुने बताए । उनले नेपाल र भारतबीचको सम्बन्धमा चिसोपन आउन नदिने उल्लेख गरे ।

कार्यक्रममा नेपाल-भारत मैत्री संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको थियो ।