काठमाडौँ – आइतबार बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।


ADVERTISEMENT


आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको हो । नेताहरुबीच सहमति नजुट्दा बैठक स्थगित भइको बताइएको छ ।


ADVERTISEMENT

# # #


बैठक भोलि अपराह्न ४ बस्नेका लागि तय भएको कांग्रेस नेता चन्द्र भण्डारीले जानकारी दिए । उनले महाधिवेशनको कार्यकतालिकामा हेरफेरका लागि आन्तरिक छलफल गर्नुपरेकाले बैठक स्थगीत गरिएको बताए ।

पछिल्लो राजनीतिक अवस्था र महाधिवेशन तयारीका विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको थियो ।