काठमाडौँ – सरकार र जनता समाजवादी पार्टी (जसपा) सहमतिको नजिक पुगेका छन् । सर्वोच्चको आदेशपछि नेकपा पुर्ववत् फर्किएर नेकपा एमाले विभाजनको संघारमा पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमालेले जसपासँग समझदारीको प्रक्रिया अघि बढाएको थियो । पटक पटकको छलफलपछि सरकार–जसपा समझदारी नजिक पुगेका हुन् ।


ADVERTISEMENT


सरकारले मधेश र थरुहट आन्दोलनका क्रममा पक्राउ परेका बन्दी रिहाईको माग राखेकोमा सरकारले माग पूरा गर्ने आश्वासन दिएको छ ।


ADVERTISEMENT

# # #


जसपाले २४ मुद्दामा जेल परेका २ सय ८ बन्दीलाई रिहाइ गर्नका लागि सरकारलाई सूची बुझाएको छ । मुद्दा फिर्ता गर्ने र रिहाइ गर्ने विषयमा सरकारले तयारी अघि बढाइसकेको बताएको जसपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

जसपाले संविधान संशोधन गर्नुपर्ने माग पनि राखेकोमा यसमा पनि सरकार सकारात्मक देखिएको छ ।