काठमाडौं – चन्द्रागिरि हिल्सले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएकाहरुलाई केबलकारमा २५ प्रतिशत छुट दिने भएको छ । कोभिड– १९ विरुद्ध दोस्रो चरणको खोप लगाउने कार्य पनि सुरु भइसकेको अवस्थालाई ध्यानमा राखेर उक्त छुटको योजना ल्याएको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT


कम्पनीका अनुसार उक्त सुविधका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने छ । कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यवद्वता जनाउँदै उच्च स्वास्थ्य सुरक्षा सतर्कता अवलम्बनमा सचेतना अभिवृद्वि गर्ने कार्यमा यो योजना सहयोगी हुने कम्पनीले विश्वास जनाएको छ । यो योजना वैशाख ९ गतेबाट शुरू भइ जेठ १७ (२२ अप्रील– ३१ मे २०२१) सम्मको लागि मान्य हुनेछ ।


ADVERTISEMENT

# # #


ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।