काठमाडौ । एनसेलले काठमाडौंको लैनचौरमा खेल मैदानसहितको हरित उद्यान बनाउने भएको छ । आजियाटा कम्पनी लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत बन्ने खेल मैदानसहितको हरित उद्यानले स्वच्छ, सफा, हराभरा सहर निर्माणमा योगदान पुर्‍याउने उद्देश्य कम्पनीले लिएको छ।


ADVERTISEMENT


यो हरित उद्यान काठमाडौं महानगरपालिका वडा नं. २६ मा रहेको लैनचौर मैदानमा बनिरहेको छ। उद्यानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुला जिमखाना र बालबालिकाका लागि खेल्ने स्थान लगायत विशेषता हुने एनसेलले जनाएको छ।


ADVERTISEMENT

# # #


कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार यो उद्यान ५४,९२१ वर्ग फिट क्षेत्रफल रहेको हालको लैनचौर मैदानमा बन्ने छ।

एनसेल र काठमाडौं महानगरपालिका वडा नं. २६ ले एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत यो हरित उद्यान निर्माण तथा संरक्षणका लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ। समझदारी अनुसार, एनसेलले काठमाडौं महानगरपालिकाले तयार तथा स्वीकृत गरेको डिजाइन अनुसार लैनचौर हरित उद्यान बनाइरहेको हो।

कम्पनीले क्षेत्र खाली गर्ने काम सम्पन्न गरी हाल उद्यान बनाउन मैदान उत्खननको काम गरिरहेको जनाएको छ। परम्परागत ढुङ्गेधारा, उद्यानमा आउने मानिसका लागि पार्किङ, शौचालय र सोलार बत्तीको व्यवस्था यस उद्यानका केही थप विशेषता हुन्।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस सामाजिक पहलका बारेमा भने, ुसामाजिक, आर्थिक विकासमा योगदान पुर्‍याउँदै तथा वातावरण क्षेत्रलाई प्राथमिकतामा राख्दै हामीले हाम्रो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएका छौं। यो पहलले समुदायमा स्वस्थ वातावरण निर्माण गर्दै वातावरण र पर्यावरण सम्बन्धी लक्ष्य प्राप्तिमा योगदान पुर्‍याउने छ। सरकारसँग सहकार्य गर्दै काठमाडौंको मुटुमा उदाहरणीय हरित उद्यान निर्माणका लागि योगदान पुर्‍याउन पाएकामा हामी खुसी छौं।ु

काठमाडौं महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष ख्याम तिवारीले पनि यस सहकार्यका लागि एनसेलप्रति आभारी रहेको बताएका छन्।

यस योजनाको सफल कार्यान्वयनका लागि आवश्यक कुनै पनि सहयोग हामी प्रदान गर्नेछौं। यो हाम्रो समुदाय र वडाको एउटा ठूलो सम्पत्ति हुने छ र साथै यसले स्वस्थ हराभरा सहर निर्माणमा योगदान दिनेछ, तिवारीले भने।

औद्योगिक व्यवसाय नियमावली २०७६ ले व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वातावरण संरक्षणलाई एक प्रमुख क्षेत्रको रुपमा राखेको छ। एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण काम पनि गर्दै आएको जनाएको छ। झण्डै १०।२ किलोमिटर दुरीको यस सडक खण्डको हरियाली विकास तथा संरक्षण गर्दै एनसेलले वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्य लिएको छ।

यसअघि एनसेलले धनुषाधाम संरक्षित वनको ३३ हेक्टर जमिनमा ५० हजार बोटबिरुवा रोपेको थियो। साथै धनुषामा वृक्षारोपण र पर्यावरण संरक्षण तथा प्रवर्द्धन सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रम संचालन गरेको थियो। यस पहलको सफल कार्यन्वयनपछि सरकारले धनुषाधाम संरक्षित वनलाई ुखुल्ला चरिचरन तथा अनियमित कटान मुक्त क्षेत्रु घोषणा गरिसकेको कम्पनीले जनाएको छ।