प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेता बामदेब गौतमबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बेलुका नेताहरु बीच डिनर बार्ता सहित भेटघाट भएको हो । भेटमा दुई नेतासँगै कानुनमन्त्री लिलानाथ श्रेष्ठ र एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई समेत सहभागी थिए ।


ADVERTISEMENT


”कमरेड बामदेब गौतमलाइ मैले सपाट सोधें तपाइहरु बीचको सम्बाद सकारात्मक नकारात्मक जे जस्तो भए पनि तश्वीर सार्वजनिक गर्छु है कमरेड” भेटबारेका तस्बिरहरु सार्बजनिक गर्दै प्रमुख सचेतक भट्टराईले भनेका छन्, ”सम्माननीय प्रधानमन्त्रीज्यूको निवास वालुवाटारमा प्रमसङको सम्बादपछि उहाँले भन्नुभो : केपी ओलि देशको प्रधानमन्त्री हो, नेकपा (एमाले)को अध्यक्ष हो तर उहाँसङको मेरो सम्बन्ध पदका कारणले बनेको हैन जमानादेखिको हो र अटुट रहिरहनेछ । अब कमरेड बामदेब गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि !”


ADVERTISEMENT

# # #


सत्तारुढ नेकपा एमाले आन्तरिक राजनीतिका फुटको सँघारमा पुगेको बताईरहँदा प्रधानमन्त्री ओली र नेता गौतमको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पार्टी भित्रको विवाद समाधान गर्दै एकताका लागि पहल गर्ने भन्दै अध्यक्ष ओली र नेता माधब नेपालबीच हिजो र आज भएको भेटले सार्थक निष्कर्ष समेत निकालिसकेको छैन ।

यही बेला नेताहरुको डिनर बैठक सम्मका तस्बिरहरु बाहिर आउनुले पार्टी मिलाउन प्रधानमन्त्री ओली र नेताहरुको गम्भिरता र सक्रियता प्रष्ट पारेको बिश्लेषण गरिएको छ ।