काठमाडौँ – एभरेष्ट बैंक लिमिटेडले तनहुँको दमौलीमा आफ्नो १०३ औं शाखा विस्तार गरेको छ । बैँकले शुक्रबार एक कार्यक्रमका बीच शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT


उक्त शाखा कार्यालयको गण्डकी प्रदेश प्रमुख राजु गौली, ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने र एभरेस्ट बैँकका प्रतिनिधिले संयुक्त रुपमा गरेका हुन् । उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ तनहुँका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ, ब्यास नगरपालिका–२ का अध्यक्ष काशीराम श्रेष्ठ, एभरेष्ट बैंकका बजार विभाग प्रमुख पुष्प राज उप्रेती लगायतको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


उद्घाटन समारोहमा बैंकले कन्ट्याक्टलेस पेमेन्टलाई प्रवर्द्धन गर्दै आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासनका साथ क्यूआर कोड पनि हस्तान्तरण गरेको छ ।

११ लाखभन्दा बढी ग्राहकहरु रहेका बैँकले देशभर १०३ शाखा संजाल, प्रादेशिक कार्यालय , १३५ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।