गण्डकी– गण्डकी प्रदेशसभाको आजको बैठक सत्तापक्षकै सदस्यको अवरोधपछि स्थगन भएको छ ।


ADVERTISEMENT


बैठकका शुरुमा नै नेकपा (एमाले) का सदस्य राजीव पहारीले कोरोना महामारीको भयावह हुँदा सभासद्को पिसिआर परीक्षण नभई बैठक सञ्चालन गर्न नहुने माग गरेका थिए ।


ADVERTISEMENT

# # #


अवरोधपछि २० मिनेटका लागि स्थगित प्रदेशसभाको बैठक अझै सञ्चालन हुन सकेको छैन । बैठक सञ्चालन सम्बन्धमा कार्यव्यवस्था परामर्श समितिको छलफल चलिरहेको छ ।

कास्कीमा बुधबारदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आइतबार मात्रै अविश्वासको प्रस्ताब टेबुल भई सोही विषयमा छलफल हुने कार्यसूची थियो । रासस