काठमाडौँ – प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले मुलुकमा अस्थीरता फैलाउने प्रयास भएको भन्दै यसलाई असफल पार्ने बताएका छन् ।


ADVERTISEMENT


बुधबार नेकपा एमाले काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा गरेको कार्यक्रममा उनले आफ्नै पार्टीका नेताहरु सरकारलाई असफल देखाएर मुलुकमा अस्थीरता पैदा गर्ने प्रयासमा लागेको बताए । उनले सरकारलाई काम गर्न नदिने तत्वहरु सक्रिय भएको पनि बताए ।


ADVERTISEMENT

# # #


मुलुकमा भएको बिकास निर्माणलाई जनताले हेरिरहेको भन्दै उनले कसैले सरकारको नकारात्मक प्रचार गरेर केहि नहुने धारणा राखे । थापाले वर्तमान सरकारले पाँच बर्ष मुलुकको विकासमा काम गर्ने तर्क गरे ।

कार्यक्रममा एमाले काठमाडौं सम्पर्क मञ्चद्वारा प्रकाशित भित्तेपात्रो प्रकाशित गरिएको थियो ।