काठमाडौँ –  संघीय संरचना अनुसार नेपाल स्काउटले ७ सय ५३ वटै स्थानीय तहमा क्षेत्र विस्तार गरेको छ ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा पुरानो जिल्लागत संगठनलाई देशको परिवर्तित संघीय संरचनाका आधारमा सवै स्थानीय निकायमा स्थानीय स्काउट समिति निर्माण गरिएको घोषणा गरिएको हो । देशका सातै प्रदेशमा सक्षम युवाहरुको नेतृत्वमा स्काउट समितिहरु गठन भइ प्रदेश कार्यालयहरु सञ्चालनमा आएको स्काउटका अध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले अव हरेक बालबालिका र युवाहरुमा स्काउट शिक्षाको पहुँच पुग्ने उहाले बताए । स्काउट ऐन बमोजिम स्काउटको संरक्षकमा प्रधानमन्त्री, खेलकुद मन्त्री प्रमुख स्काउट हुने व्यवस्था छ भने प्रदेशमा मुख्यमन्त्री संरक्षक र सामाजिक बिकास मन्त्री प्रमुख स्काउट हुने व्यवस्था गरिएको छ । त्यस्तै पालिकामा पालिका प्रमुख संरक्षक र पालिका उपप्रमुख प्रमुख स्काउट हुने व्यवस्था छ ।

कार्यक्रममा केन्द्रीय स्काउटका अध्यक्ष भण्डारीले ७ सय ५३ वटै स्थानीय तह मार्फत सवै विद्यालयमा स्काउट अनिवार्य गरिने जानकारी दिए । अहिले ७५ हजार स्काउट सदस्य रहेको जानकारी उनले दिए ।

नेपाल स्काउटले इतिहासमा अहिले सम्मकै सवैभन्दा धेरै यस आर्थिक बर्षमा ५० हजार बढि स्काउट स्वयंसेवकहरु परिचालन भएको जनाएको छ ।