काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले आफूले संसदमा विश्वासको मत लिने जानकारी गराएका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिइने बताइएको छ । सरकारले प्रतिनिधिसभाको बजेट अधिवेशन २७ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको छ ।  बजेट अधिवेशन बोलाएकै दिन ओलीले विश्वासको मत लिने भएका हुन् ।


ADVERTISEMENT

# # #


सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एकीकरणलाई अस्वीकार गर्दै नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको थियो । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा त्यसको ३० दिनभित्र प्रधानमन्त्रीले संसदमा प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

त्यसअनुसार नै प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्रले प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने माग राख्दै आएका थिए । तर, प्रधानमन्त्री विश्वासको मत लिन आवश्यक नरहेको भन्दै आएका थिए ।

सर्वोच्चको निर्णयपछि माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि पहल गरे पनि सरकारलाई दिएको समर्थन फिर्ता लिन सकिरहेको छैन । प्रधानमन्त्री ओलीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर भेटेका थिए ।