काठमाडौँ– सन् २०१९ को अन्त्यदेखि शुरु भएको कोभिड–१९ले आजका दिनसम्म आइपुग्दा ३२ लाखभन्दा बढि व्यक्तिहरुको ज्यान लिई सकेको छ भने, यो क्रम अझै बढ्दो अवस्थामा रहेको देखिन्छ । वर्तमान समयको सन्दर्भमा भन्ने हो भने दोस्रो लहरको रुपमा देखा परेको कोरोना डबल म्युनेन्ट भएका कारण झन् संक्रामक देखिएको छ भने । यसले अझै मृत्युदरको ग्राफलाई पिकतर्फ डोर्‍याउँदै छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा कोरोना संक्रमणका कारण हुने मृत्यु दर १.१५ रहेको छ।


ADVERTISEMENT


विश्वलाई नै आक्रान्त पारेको यस भाइरसको संक्रमणकको उच्च विन्दुमा अझै चुलिने भयका कारण हाल नेपाल सरकारले यसका नियन्त्रण तथा रोकथामका लागि नेपालका विभिन्न स्थान र जिल्ला गरी ४५ जिल्लाहरुमा निषेधाज्ञा जारी गरेको छ । अत्यावश्यक सेवा तथा वस्तुबाहेक अन्य कारोबार सञ्चालनमा रोक लगाएको छ । सरकारले आफ्नो ठाउँबाट नियन्त्रण तथा रोकथामका लागि आवश्यक र सम्भावित सम्पुर्ण कदमहरु चलेता पनि संक्रमणको दायरा झन् दिनप्रति दिन बढ्दो क्रममा रहेको देखिन्छ । यद्यपि यति गर्दागर्दै पनि कोरोना संक्रमण दर भने घटेको देखिदैन ।


ADVERTISEMENT

# # #


यस्तै, विभिन्न विज्ञ तथा स्वास्थ्यविद्हरुले पनि सामाजिक सञ्जालको प्रयोग गर्दै यस कोरोना संक्रमण र यसैका कारण जारी भएको लकडाउनबीच शारीरिक एवम् मानसिक रुपमा स्वस्थ रहन सबैले सक्दो रुपमा आ–आफ्नै किसिमले सल्लाह एवम् सुझाव दिदैँ आएका छन् । यस कोरोनाको चेन ब्रेक गर्न प्रत्येक नागरिकहरु सर्वप्रथम आफैँ सचेत हुनुपर्ने उनीहरुको भनाई छ । विभिन्न विज्ञहरुले सामाजिक सञ्जालको प्रयोग गर्दै यस कोरोना संक्रमणका कारण जारी भएको लकडाउनबीच शारीरिक एवम् मानसिक रुपमा स्वस्थ रहन सबैले सक्दो रुपमा आ–आफ्नै किसिमले सल्लाह एवम् सुझाव दिदैँ आएका छन् ।

विज्ञका अनुसार, सरकारले पनि संक्रमित प्रत्येक संक्रमितलार्ई आवश्यक उपचारका लागि बेडको व्यवस्था गर्न नसकेको भन्दै हात उठाई सकेको अवस्थामा यस कोरोना महामारीको चेनलाई ब्रेक प्रत्येक नागरिक आफैँ आफ्नो ठाउँबाट सजग रहनुपर्छ । यसका निम्ति आमव्यक्तिले विशेष रुपमा ध्यान दिनैपर्ने केहि विशेष पक्षहरु निम्नानुसार रहेका छन्ः

१. नआत्तिने

वर्तमान समयमा कोरोना संक्रमणले निम्त्याएको विपत्तिबाट नआत्तिने व्यक्ति सायदै कम हुन्छन् । दिनानु दिन बढिरहेको यसको संख्याले जोकोहिलाई पनि त्रसित बनाएको छ । यद्यपि आत्तिने बानी कुनै पनि समस्याको समाधान भने पक्कै पनि होइन । अर्थात्, हामीले के सोच्नुपर्छ भने, डरभन्दा ठूलो अरु कुनै भाइरस नै छैन र साहसभन्दा ठुलो कुनै भ्याक्सिन छैन । तसर्थ यस महामारीको चेन ब्रेक गर्न आत्तिनुभन्दा पनि हामीले संयमताका साथ विभिन्न स्वास्थ्य निकाय तथा मन्त्रालयले सुझाव दिएका स्वास्थ्यका मापदण्डहरुलाई पुर्ण रुपमा पालना गर्नुपर्छ ।

२. जभाभावी आफ्नो अनुहार नछुने

दिनानु दिन बढ्ने भाइरस संक्रमण हाम्रै मानवीय आनीबानीको परिणाम पनि हो । हामीले मास्क तथा पञ्जाको प्रयोग गरी सुरक्षाका साथ बजारका किनमेल गर्न गएता पनि जथाभावी समय–समयमा आफ्नो हात आफ्नो अनुहारमा लगिरहने बानीले पनि धेरै व्यक्तिमा संक्रमणको जोखिममा छन् । पटक–पटक अनुहारमा हात लैजाँदा हातमा भएको किटाणुको संक्रमण हाम्रो नाक, मुख तथा आँखा हुदैँ फोक्सोसम्म पुग्ने भएकाले पनि हामीले यस्तो गल्तीपूर्ण क्रियाकलापलाई रोक्नुपर्छ ।

३. मास्क भण्डारण नगर्ने

विश्व स्वास्थ्य संगठनले कुनैपनि मास्कले पूर्ण रुपमा केहि हदसम्म भाइरसको रोकथाम गर्ने भएता पनि यो शतप्रतिशत प्रभावकारी नभएको यसअघि नै पुष्टि गरिसकेको छ । तर, यसो भन्दैमा भाइरस रोकथाममा मास्कको प्रभावकारी नभएको भन्ने पक्कै होइन ।

हामीले उचित रुपमा प्रयोग गरेको मास्कले हामीलाई ८५ प्रतिशतसम्म भाइरसबाट सुरक्षित राख्ने विज्ञहरुको भनाई छ । यसका लागि हामीले मास्कको प्रयोग कसरी र कुन तरिकाले प्रयोग गर्छाै ? भन्ने कुराले अत्यन्त महत्व राख्छ । यसका लागि सकेसम्म दुईवटा मास्कको एकैचोटि प्रयोग गर्नु तुलनात्मक रुपमा प्रभावकारी रहेको तथ्य अधययनले समेत पुष्टि गरिसकेको छ ।

हामीमध्ये अधिकांशको बानी के छ भने हामी प्रयोग गरिसकेको मास्क पनि भण्डारण गरेर पुनः प्रयोग गर्छाै । तर, यो गलत हो । भण्डारण गरेको मास्क पुर्ण प्रयोगका लागि पनि यसको आफ्नै मापदण्ड भएकाले हामीले त्यस विषयमा ध्यान दिनु आवश्यक छ । यसका साथै कोभिड संक्रमितको सम्पर्कमा आएका वा उनीहरुको सेवा तथा उपचारमा संलग्न रहेका व्यक्तिले भने एकपटक प्रयोग गरिसकेको मास्कलाई प्रयोग नगर्नु नै बुद्विमानी रहन जान्छ ।

४. अत्यावश्यक कामका लागिबाहेक बाहिर निस्कने

कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको छ । र, निषेधाज्ञा पनि यसैको एक उपज हो । यद्यपि कतिपय व्यक्तिहरु सम्बन्धित आधिकारिक व्यक्तिको आँखा छली विभिन्न बाहानामा घरबाहिर निस्कने, जमघट गर्ने गतिविधिहरु टोल–टोल या सडकमा प्रशस्तै देख्न सकिन्छ । अहिलेको यस विषम् परिस्थितिमा हामीले के सोच्नुपर्छ भने, कुनै पनि व्यक्ति संक्रमित हुनु भनेको आफुमात्र संक्रमित हुनु नभई अन्य दोस्रो व्यक्तिको संक्रमणको जिम्मेवार समेत हुनु हो । तसर्थ यसका लागि हामीले अत्यावश्यक कार्यबाहेक अन्य कामको लागि बाहिर ननिस्कने प्रण आफैँमा गर्नुपर्छ ।

र, यस समयमा अत्यावश्यक किनमेलका लागि बाहिर निस्कदा पनि सकेसम्म विद्युतीय माध्यमबाट भुक्तानी गर्ने बानी बसाल्नुपर्छ । यसले पनि कोरोना संक्रमणको जोखिमलाई केहि हदसम्म मात्रै भएपनि कम गर्न मद्दत गर्छ ।

५. भिडभाड/हुलदंगा नगर्ने र त्यसबाट टाढै रहने

कोरोनाले विश्व नै अस्तव्यस्त पारिरहेको यो अवस्था भनेको हामीले आफूसंगै आफ्नो घरपरिवार, समाज तथा राष्ट्रलाई एक असरल एवम् जिम्मेवारी व्यक्तिको रुपमा आफूलाई स्थापित गर्ने एक ठूलो अवसर पनि हो । यसका लागि हामीले जिम्मेवारीपूर्वक सचेत हुदैँ भिडभाड एवम् हुलदंगा गर्ने क्रियाकलापबाट टाढै रहनु पर्छ ।

यस्तै, यस समयमा पनि के देखिरहेको छ भने अधिकांश व्यक्तिहरुले बिहे भोज भतेरको नाममा विभिन्न समूहहरु एक–आपसमा कठ्ठा हुने गरेका छन् । यो भनेको अति अचेतपूर्ण क्रियाकलाप हो । यस्तो अवस्थामा हामीले आफ्ना प्रियजनको खुशीको मौकामा शारीरिक रुपमा नभई भर्चुअल मार्फत शुभकामना आदानप्रदान गर्नु नै अति उत्तम रहन्छ ।

६. इन्टरनेटमा देखिएका प्रत्येक चिजमा विश्वास नगर्ने

आधुनिक बन्ने ध्यानमा वर्तमान समयमा हामी सामाजिक सञ्जाल तथा इन्टरनेटमा यति धेरै फसेका छौ कि अचेल हामीले सत्यतथ्यलाई नजरअन्दाज गर्दै सामाजिक सञ्जालमै देखिएका धेरै कुरालाई विश्वास गर्ने भइसकेका छौ । एक हिसाबले भन्नुपर्दा हामी नजानिदोँ गरी दिनानुदिन इन्टरनेटमै आश्रित हुदैँ गएका छौं ।

उदाहरणका लागि हामी आफूमा देखा परेका प्रत्येक समस्यालाई व्यवहारिक रुपमा समाधान गर्नुको साटो त्यसको समाधान इन्टरनेटतिरै खोज्न थाल्ले गलत प्रवृत्ति मौलाउँदै गएको छ । अझ आफुमा देखिएको अधिकांश शारीरिक समस्याको सन्दर्भमा झण्डै ५० प्रतिशत व्यक्तिले इन्टरनेटलाई नै आफ्नो चिकित्सक बनाएको देखिन्छ । र, यो विल्कुल गलत प्रवृत्ति हो ।

कुनै पनि शारीरिक–मानसिक समस्या सबै व्यक्तिलाई एकै किसिमले देखिन्छ र त्यसको उपचार पनि एउटै हुन्छ भन्ने हुदैँन । तसर्थ यस तथ्यलाई ध्यानमा राख्दै हामीले अहिलेको यस्तो विषम् परिस्थितिमा आफूमा देखा परेको कुनै पनि समस्यालाई सामान्य नमानी समयमै सम्बन्धित चिकित्सकको सल्लाह लिनुपर्छ । यसका लागि बरु टेलिफोन सेवा वा भर्चुअल अपोइन्टमेन्ट पनि लिन सकिन्छ । यसो गर्नाले देखा परेको समस्या जटिल बन्न नदिई व्यक्तिले लामो समयसम्म पिडा सहनुपर्ने परिस्थितिबाट राहत पाउँछन् ।

७. वैकल्पिक उपचार खोज्ने गल्ती नगर्ने

हामीले आफूमा देखिएका शारीरिक अधिकांश समस्या यसअघि देखिएका अनुभवी व्यक्तिको रायबाट पनि लिन खोज्छौ । र, अघि माथि उल्लेख गरेजस्तै कुनै पनि शारीरिक–मानसिक समस्या सबै व्यक्तिलाई एकै किसिमले देखिन्छ र त्यसको उपचार पनि एउटै हुन्छ भन्ने हुदैँन । त्यसैले एकै समस्या देखा परेका व्यक्तिमा एकै उपचार पद्वति र औषधिको सेवनले निको नहुने र अझ यसले अन्य विभिन्न साइड इफेक्ट देख्ने सम्भावनालाई उच्च बनाउँछ । अहिलेको परिस्थिति सजिलै अस्पताल जानसक्ने अवस्था नरहेकाले पनि हामीले आफूखुशी वैकल्पिक औषधिको प्रयोग गर्ने गल्ती गर्नुहुदैँन ।

८. जथाभावी एन्टिबायोटिकको प्रयोग नगर्ने

अधिकांश व्यक्तिहरु आफूमा कुनैपनि समस्या देखेमा तुरुन्तै फोर्मेसीमा गई आफूखुशी औषधि किनेर खान्छन् । यस्तो प्रवृत्तिले व्यक्तिको मिर्गाेला तथा फोक्सोमा हानी पुर्‍यउँछ, र, त्यस्ता व्यक्तिलाई पनि कोरोना संक्रमणकले छिट्टै भेट्ने सम्भावना उच्च रहन्छ । यसकारण पनि हामीले हाम्रो यस्तो बानीलाई तुरुन्तै हटाउनु पर्छ ।