काठमाडौँ– करिब एक महिना अघि ‘को हौ भन तिमी’ बोलको गीत मार्फर विश्वव्यापी रुपमा बढ्दो प्राणघातक कोरोना भाइरसको प्रकोपका कारण त्रसित दर्शक स्रोताहरुलाइ मनोरञ्जन दिलाउन जमर्को गरेका गायक बालकृष्ण गुरुङको फेरि अर्को नयाँ गीत ‘नजाउ पुतली’ सार्वजनिक भएको छ ।


ADVERTISEMENT


गायक गुरुङकै शब्द संगीत तथा स्वर र शाहास शाक्यको संगीत संयोजन रहेको गीत ‘पुतली’ भिडियो सहित सोमबारका दिन ओएसआर डिजिटल नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


उनको यसअघिको ‘को हौ भन तिमी’ गीतको भिडियो भने गुरुङ नवराज नामक युट्युब च्यानलबाट बजारमा ल्याइएको थियो ।

शहरबाट साथिहरुसँग गाउँ घुम्न गएकी युवती र उनिहरुलाइ घुमाउन मद्दत गर्ने एक युवक अर्थात पथ प्रदर्शक बिच अंकुराएको माया प्रेम अनि छुट्टीनु पर्दाको पिडालाई चित्रण गरिएको भिडियोमा नायिका तथा मोडल सगुन शाहीलाई ुको हौ भन तिमीु का मोडल नवराज गुरुङले साथ दिएका छ्न् । उनिहरुको दमदार अभिनयले भिडियोमा सुनमा सुगन्ध थपिनुका साथै अजय रेग्मीको छायांकन र निर्देशक क्रान्ती केसीको निर्देशनले भिडियोलाइ अर्थपुर्ण बनाएको छ।

कोरोना भाइरसकै कारण सुस्ताएको नेपाली मनोरञ्जनात्मक क्षेत्रलाइ माथी उकास्न गुरुङको एक महिनाको अवधिमा सार्वजनिक भएका गीतहरुले पनि ठुलो भुमिका निभाउनेमा दुई मत नहोला।

हेर्नुहोस भिडियो :