काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संकटको समयमा कालोबजारी गर्ने, अत्यधिक मूल्य वृद्धि गर्ने व्यवसायीलाई कारवाही गर्न माग गरेको छ ।


ADVERTISEMENT


शनिवार राप्रपाका अध्यक्षहरु पशुपति शमशेर ‘जबरा’, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त विज्ञप्ति जारी गर्दै मुलुक कठिन परिस्थितिसँग जुधिरहेको समयमा चुस्त अनुगमन गरी त्यस्तो कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


निषेधाज्ञाको समयमा कोभिड संक्रमण व्यापक बन्दै गइरहेको बेला सिरम इन्स्टिच्युटसँग खोप खरिद गर्ने प्रक्रियामा कमिसन खोजेर आयात रोकी जनताको जीवनमाथि खेलबाड गर्नु अमानवीय र व्यवसायीक धर्मविपरितको कार्य भएकाले राप्रपाले कारवाही गर्न माग गरेका हो ।

अस्पतालमा बेड अभाव, अक्सिजन आपूर्तिमा समस्या, आईसीयु र भेन्टिलेटरमा कमी, औषधिको कालोबजारी, भइरहेकाले संक्रमितको उपचारमा बाधा पुगेको निक्यौल राप्रपाको छ । यस्ता समस्या यथासिघ्र समाधान गर्न मागसहित छानबिन गरी कमिशनखोरहरुलाई कारवाही गर्न राप्रपाको माग छ ।