काठमाडौँ– नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त भएका छन् ।


ADVERTISEMENT


नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत उनी आइतबार साँझ सङ्क्रमणमुक्त भएका हुन् ।


ADVERTISEMENT

# # #


उनका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार, हिजो पिसिआर परीक्षण गर्दा उनीमा सङ्क्रमण देखिएको छैन । भट्टराईका अनुसार, सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहनेछन् ।

सङ्क्रमति भएपछि यही वैशाख १८ गते अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले जानकारी दिए । रासस