काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले संसदमा विश्वासको मत पाउन असफल भएका छन् ।


ADVERTISEMENT


सोमबार प्रनिनिधिसभामा संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनी गरेको प्रस्तावमा ओली विश्वासको मत पाउन असफल भएका हुन् ।


ADVERTISEMENT

# # #


आजको प्रतिनिधिसभाको बैठकमा २३२ जना सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको प्रस्तावको पक्षमा ९३ मत परेको छ भने १२४ विपक्षमा मत परेको छ । यस्तै १५ जना तटस्थ बसेका थिए ।

प्रधानमन्त्री ओलीको विपक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा (बाबुराम–उपेन्द्र समूह), राष्ट्रिय जनता समाजवादी पार्टीले मतदान गरे । तटस्थ बस्नेमा जसपाका महन्थ ठाकुर लगायत रहेका छन् ।

ओलीको प्रस्तावको विपक्षमा परेको मत संसदमा उपस्थित रहेको संख्याको बहुमत भएकाले सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री ओलीले गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गरेका छन् ।

यससँगै प्रधानमन्त्री ओली अल्पमतमा परेका छन् भने उनको सरकार कामचलाउ बनेको छ । एमालेको असन्तुष्ट माधव नेपाल–झलनाथ पक्ष ओलीलाई मत नदिनका लागि आजको बैठकमा अनुपस्थित रहेको थियो ।