काठमाडौँ – नेपाल प्रहरीले निषेधाज्ञाको उल्लंघन गर्दै अनाधिकृत रुपमा यात्रुहरु ओसार पोसार गरेको आरोपमा दुई बस र चालकलाई नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


प्रहरीले बर्दियाको राजापुर क्षेत्रबाट ना ५ ख ६६४८ र भे १ ख २२३६ नम्बरको बसलाई नियन्त्रणमा लिई बर्दियाका प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाएको हो । जसपश्चात दुवै बसका चालकलाई संक्रामक रोग ऐन २०२० अनुसार १ महिना कैद र एक सय रुपैयाँ जरिवाना तोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #