काठमाडौँ – राष्ट्रिय सभा सदस्यका लागि बाग्मती प्रदेशमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले नेकपा एमालेका रामबहादुर थापा ‘बादल’लाई हराउँदै जित हात पारेका हु्न् ।


ADVERTISEMENT


बिहीबार भएको निर्वाचनमा देवकोटाले ५०८८ मतभार पाएका छन् भने उनको निकटतम् प्रतिद्वन्द्वी बादलले ४०१४ पाएका पाए । यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्ण महर्जनले १३२ पाएका ल्याए ।


ADVERTISEMENT

# # #


देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको समर्थन रहेको थियो । उनलाई एमालेको माधव कुमार नेपाल समूहका पनि मौन समर्थन  थियो ।