काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्पष्ट बहुमतसहित प्रस्ताव पठाएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले तत्काल आफूलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने बताएका छन् । नेपालको संविधानअनुसार स्पष्ट बहुमतसहित दाबी गर्दा पनि आफूलाई प्रधानमन्त्रीमा नियुक्त नगरिएकोमा आपत्ति जनाउँदै उनले सरकारले निरन्तर रुपले गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन तथा संसदीय पद्धतिको खिल्ली उडाएको आरोप उनको छ ।


ADVERTISEMENT


प्रेस विज्ञप्ति निकाल्दै उनले आफूले १ सय ४९ जना सांसद्को हस्ताक्षर पेश गरेको जनाएका छन् । जसअनुसार राष्ट्रपतिले देउवालाई नियुक्त गर्नुपर्ने भएपनि प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्को पटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरी सकेका केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम राष्ट्रपतिले गरेकोमा यो असंवैधानिक भएको टिप्पणी उनको छ ।


ADVERTISEMENT

# # #


‘राष्ट्रपतिले गरेको आह्वानको आधारमा मैले प्रतिनिधि सभामा तत्काल कायम रहेका सदस्य संख्याको स्पष्ट बहुमत सहित १४९ जना माननीय सांसदहरुको हस्ताक्षर सहित प्रधानमन्त्रीका लागि दावी प्रस्तुत गरेँ, नेपालको संविधान बमोजिम राष्ट्रपतिले मलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा त्यसलाई इन्कार गर्नुभयो,’ उनले भनेका छन् । संविधानको बर्खिलाप प्रधानमन्त्रीका लागि दाबी गर्नै नसक्ने अवस्थामा पनि ओलीलाई नै प्रधानमन्त्री तोक्नु असंवैधानिक मात्र नभएर अनैतीक पनि भएको उनको भनाइ छ र

संविधानलाई निजी सम्पत्ति जस्तो प्रधानमन्त्री र राष्ट्रपतिले प्रयोग गरेको बताउँदै उनले संविधान र गणतन्त्रको रक्षाका लागि लड्ने उनले बताएका छन् ।

नेकपा एमालेका नेता माधव कुमार नेपालसहित काँग्रेस र माओवादीले प्रधानमन्त्रीविरुद्ध लड्न गठबन्धन बनाएका छन् ।