काठमाडौँ – नेपाल चिकित्सक संघले एम्बुलेन्स सेवा शुरु गरेको छ । शनिवारदेखि संघले भारतीय दूताबासको सहयोगमा प्राप्त एम्बुलेन्स सञ्चालनमा ल्याएको संघका अध्यक्ष डा. लोचन कार्कीले जानकारी दिए ।


ADVERTISEMENT


कार्कीकाअनुसार आवश्यक परेको बेला चिकित्सकहरुले सित्तैमा एम्बुलृन्स सेवा पाउने गरी सेवा शुरु गरिएको हो । बिहाना ७ बजेदेखि बेलुका ८ बजेसम्म सेवा दिइने जानकारी उनले दिए ।


ADVERTISEMENT

# # #


एम्बुलेन्स आवश्कय परेमा ९८४००१४३०७ वा एम्बुलेन्स सवारी चालक लाई ९७४६२७१४१२ नंम्वरमा सम्पर्क गर्न सकिने संघले बताएको छ ।