काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले कोरोना संक्रमितका लागि नेपालमा अब भेन्टिलेटर र अक्सिजन सिलिण्डरको समस्या समाधान भएको दाबी गरेका छन् ।


ADVERTISEMENT


आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले अक्सिजनको समस्या पनि लगभग समाधान भइसकेको जिकिर गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘ठूलो मात्रामा चाहिँदा आईसीयू बेड, अक्सिजन सिलिण्डर र अक्सिजनको कमी भयो । ठूलो मात्रामा ल्याउनुपर्दा ट्यांकरहरुको कमी भयो । तर, यस्ता कुराहरुलाई हामीले क्रमशः समाधान गर्दै गयौँ ।’ उनले भने, ‘अब सिलिण्डरको समस्या समाधान भएको छ । अब अक्सिजनको लगभग समस्या समाधान भएको छ ।’

सिलिण्डर, भेन्टिलेटर बाहिरबाट ल्याएकाले महंगो परेको उनले बताए । ‘प्लेनबाट ल्याउँदा एउटा सिलिण्डरको मूल्यमात्रै पाचासौा हजार पर्न गयो । तर, जनताको ज्यान जोगाउनु महत्वपूर्ण कुरा भएकाले हामीले त्यसमा ध्यान दियौँ ।’

उनले नेपाल सरकारले लकडाउनको नीति अपनाएका कारण कोरोना भयावह नपुगेको समेत जिकिर गरेका छन् । नेपालमा हाल कोरोनाको ग्राफ लगातार उकालोबाट तेस्रोतिर लागेको र त्यसलाई केही दिनभित्र ओरालो लगाउने उनले बताए ।’

उनले दक्षिण एशियामा खोप उत्पादक देश भारतपछि खोप अभियानको सुरुवात गर्ने नेपाल पहिलो देश भएको जिकिर गरे ।