काठमाडौँ – नेपालमा बुधबार थप ६ हजार सात सय १४ जनामा कोरोना पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको १९ हजार ३० पिसिआर परिक्षणका क्रममा ६ हजार ६ सय ७७ र ३२२ एन्टीजेन परिक्षणका क्रममा ३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ३५ हजार ५२५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १४५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ६ हजार ८ सय ४५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै कोरोनाका कारण थप ६ हजार ७ सय १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ४ लाख ११ हजार ६०३ जना कोरोना मुक्त भएको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

हाल नेपालमा १ लाख १७ हजार ७७ सक्रिय संक्रमित आइशोलेशनमा र ८५३ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २९ लाख ७७ हजार ६५० वटा पिसिआ परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।