काठमाडौँ– उद्योग मन्त्रालयले उद्योग दर्ता प्रमाणपत्रमा उल्लेख भएको अवधिभित्र सञ्चालनमा आउन नसकेका उद्योगलाई तीन महिनाभित्र म्याद थप गर्नसक्ने व्यवस्था गरेको छ ।


ADVERTISEMENT


मन्त्रालयले औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ५२ अनुसार उद्योग दर्ताको प्रमाणपत्रको अवधिभित्र सञ्चालनमा आउन नसकेका उद्योगलाई तीन महिनाका लागि म्याद थपको व्यवस्था गरेको हो ।


ADVERTISEMENT

# # #


उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले तोकिएको समयभित्र उत्पादन गर्न नसकेका उद्योगलाई एकपटकका लागि बाधा अड्काउ फुकाउन उक्त व्यवस्था गरिएको जानकारी दिए ।

“सञ्चालन नभएका उद्योगलाई तीन महिनाभित्र उद्योग सञ्चालन म्याद थपका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ”– प्रवक्ता भुसालले भने ।

मन्त्रालयले म्याद थपका लागि दिएको समयअवधिसम्म आवेदन नगर्ने उद्योगको औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ८ को उपदफा (५) बमोजिम स्वतः रद्द गरिने जनाएको छ ।