काठमाडौँ – नेपाली काँग्रेसका विभिन्न नेताहरुले भदौभित्रै महाधिवेशन सक्नुपर्ने बताइरहेको बेला सभापति शेरबहादुर देउवाले निर्धारित समयमै महाधिवेशन गर्ने अभिव्यक्ति दिएका थिए । सोही छलफलका लागि देउवाले पदाधिकारी बैठक डाकेका छन् ।


ADVERTISEMENT


देउवाले आज दिउँसो २ बजेका लागि बुढानीलकण्ठमा पदाधिकारी बैठक डाकेका हुन् । बैठकमा आसन्न महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ ।


ADVERTISEMENT

# # #


संवैधानिक व्यवस्था अनुसार आगामी भदौसम्ममा पार्टीको १४औं महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने हुन्छ । तथापि, कोरोना महामारीका कारण सिर्जित अवस्थाले समयमै महाधिवेशन गर्ने कि नगर्ने भननेमा मतभेद काँग्रेसभित्र देखिन्छ । यिनै विषयमा काँग्रेसको कार्यतालीका प्रभावित हुन नदिन महाधिवेशनको छलफल गर्न बैठक डाकिएको काँग्रेसले जनाएको छ ।