काठमाडौँ – नेपाल सी आर एस कम्पनीले परिवार योजनासम्बन्धी ‘मेरी संगिनी’ नामक मोबाइल एप सुरु गरेको छ ।


ADVERTISEMENT


अस्थाई र छोटो अवधिका परिवार योजनाका साधनहरुकोबारे विस्तृत जानकारी दिने उद्देश्यले मेरी संगिनी मोबाइल एप सुरु गरिएको कम्पनीले जनाएको छ । उक्त एप किशोर तथा किशोरी एवम् नवविवाहित जोडीहरुलाई अत्यन्त उपयोगी रहने नेपाल सी आर एस कम्पनीले जानकारी दिएको छ।


ADVERTISEMENT

# # #


‘मेरी संगिनी’बाट प्रदान गरिएको अस्थाई तथा छोटो अवधिका परिवार योजनाका साधनहरुसम्बन्धी तथा सो साधनको प्रयोगबाट पर्न जाने साधारण प्रतिअसरहरुको समेत जानकारी उक्त एपबाट पाइनेछ ।

एपमा भएको “प्राय सोधिने प्रश्नहरु” खण्डले परिवार योजनाका अस्थाई तथा छोटो अवधिका साधन प्रयॊगकर्ताहरुलाई अझ विस्तृत जानकारी दिनुको साथै सम्भाव्य प्रयोगकर्ताहरुलाई साधनहरुको सुसूचित छनौट गर्न मदत गर्ने कम्पनीको भनाई छ ।

एपमा आफू नजिकैको अस्थाई तथा छोटो अवधिका परिवार योजनाका साधन उपलब्ध गराउने औषधि पसल, क्लिनिक र संगिनी सेवा केन्द्रको ठेगाना र नक्शा पनि उपलब्ध छ । जसले आफू नजिकैको तालिम प्राप्त र दक्ष सेवा केन्द्रबाट आफुलाई उपयुक्त हुने साधनको सेवा समेत लिन मदत गर्ने छ।

परिवार कल्याण महाशाखाका निर्देशक डा. तारा नाथ पोख्रेलले परिवार योजनाका साधनहरुको पहुच बढाउनका निम्ति मोबाइल प्रविधिको भूमिका अत्यन्त महत्वपुर्ण रहेको र मेरी संगिनी एपले उपभोक्ताहरुलाई अस्थाई गर्वनिरोधक साधनबारे सुसुचित छनौट गर्न सहयोग पुर्याउने विशवास व्यक्त गरे ।

यस्तै राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र का निर्देशक डा. राधिका थपलियाले यो एपले परिवार योजना र यससम्बन्त्री विषयमा विस्तृत जानकारी सजिलोसँग हासिल गर्न मदत हुने कुरा व्यक्त गरेकी छन् ।

नेपाल सीआ एस कम्पनीका प्रबन्ध निर्देशक जिवलाल पोखरेलले मातृ मृत्युदर घटाउन परिवार योजनाको ठूलो भूमिका रहेको र प्रयोगकर्ता माझ सही र अद्यावधिक सूचनाको पहुच बढाउनमा संचार प्रविधिको ठुलो महत्व रहेको बताएका छन् ।

यस एप मार्फत सेवा प्रयोगकर्तालाई सेवा प्रदायकसँग सजिलै जोड्न सक्ने सम्भावना भएको हुँदा सेवाग्राहीहरुलाई सेवाको पहुँच बढाई परिवार योजना सेवाको आपूर्ति माग घटाउन समेत मदत पुग्ने जनाएका छन् ।

मेरी संगिनी एप, यु.एस.ए.आई.डीको आर्थिक एवं सप्स प्लस को प्राविधिक सहयोगका तथा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रको समन्वयमा नेपाल सीआरएस कम्पनीद्वारा निर्माण गरिएको हो।

नेपाल सी आर एस कम्पनीले सामाजिक बजारीकरणको सिद्धान्त अनुसार विगत चार दशक भन्दा अघिदेखि परिवार योजना, मातृ तथा बाल स्वास्थ्य र यौन रोगको रोकथामका साधनहरुको बिक्रि वितरण तथा व्यवहार परिबर्तन सम्बन्धि कार्यक्रम संचालन गर्दै आएको छ। यस कम्पनीबाट वितरित परिवार योजनाका साधनहरु नेपालको ७७ ओटै जिल्लामा उपलब्ध छन् ।