काठमाडौँ – आयरल्याण्ड र डेनमार्कले नेपाललाई कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ ।


ADVERTISEMENT


युरोपेली संघको नागरिक सुरक्षा संयन्त्रमार्फत प्रदान गरिएका सामग्रीहरु शुक्रबार नेपालस्थित युरोपेली युनिएनका राजदूत नोना डेप्रेजले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेकी हुन् ।


ADVERTISEMENT

# # #


सहयोग गरिएको सामाग्रीमा ठूलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, अक्सिमिटर, रेष्पिरेटर मोनिटर लगाएत छन् । स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले प्रभावित क्षेत्रमा स्वास्थ्य सामाग्रीको उचित प्रयोग गरिने प्रतिवद्धता जनाए । नेपाललाई कोरोना महामारीमुक्त बनाउनका लागि सबैले आफ्नो ठाँउबाट सक्दो सहयोग गर्न उनले आग्रह गरे ।

‘कोरोनाको उपचारमा भेन्टिलेटर अति आवश्यक भएको हुनाले आयरल्याण्ड र डेनमार्कले ठूलो परिमाणमा भेन्टिलेटर उपलब्ध गराएका छन् । सरकारका तर्फबाट उहाँहरुलाई धभन्यवाद छ ।’ उनले भने, ‘अस्पताललाई साधन सम्पन्न बनाएर सम्पूर्ण नेपाली जनताको निःशुल्क उपचार गर्नेगरी हामी अघि बढ्छौँ ।’

युरोपेली युनिएनको कार्यक्रम अन्तर्गत यसअघि पनि विभिन्न राष्ट्रले नेपाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसकेको छ ।