काठमाडौँ – नेशनल माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लि. ले आफ्ना ग्राहकलाई ब्याजमा १० प्रतिशत छुट दिने भएको छ ।


ADVERTISEMENT


फाइनान्सले कोराना भाइरस महामारीको दोस्रो भेरिएन्टले व्यवसायमा परेको असरलाई मध्यनजर गर्दै संस्थामा आवद्ध ग्राहकलाई राहत स्वरुप ब्याज रकमको १० प्रतिशतले आउने बराबरको रकम २०७८ अषाढ मसान्तसम्म छुट दिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


फाइनान्समा हाल १ लाख ५ हजार ग्राहक सदस्यहरु आवद्ध रहेका छन् । १० प्रतिशत ब्याज छुटबाट संस्थामा आवद्ध ग्राहक सदस्यहरुलाई हालको विपदको अवस्थामा थोरै भएपनि केही सहयोग पुग्ने फाइनान्सले विश्वास व्यक्त गरेको छ ।