काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन प्रतियोगितामा ५ सय भन्दा बढीले भाग लिएका छन् ।


ADVERTISEMENT


नेपाल क्रिकेट संघ (क्यान)ले जर्सी प्रयोजक माइ सेकेण्ड टिचरसँगको सहकार्यमा जेठ ३१ गते राष्ट्रिय टोलीको नयाँ जर्सी डिजाइन खुल्ला प्रतिस्पर्धामार्फत गर्ने निर्णय गर्दै सहभागिताको लागि आह्वान गरेको थियो । तोकिएको मिति असार ४ गतेसम्म ५ सय बढीले आफ्नो डिजाइन पठाएकोले क्यानले जनाएको छ ।


ADVERTISEMENT

# # #


क्यानले प्राप्त भएका जर्सीहरुको समीक्षा र छनोटका लागि ४ सदस्यीय कमिटी बनाएको छ । जसमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामा, जनरल म्यानेजर रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र प्रयोजकको तर्फबाट एक प्रतिनिधि रहेका छन् ।

कमिटीले अध्ययन पश्चात उत्कृष्ट केही जर्सीहरु क्यानको बोर्डलाई सिफारिस गर्नेछ र बोर्डले जर्सीको अन्तिम निर्णय लिनेछ । क्यानले यसअघि नै प्रतियोगितामा उत्कृष्ट डिजाइन गर्ने एक जनालाई १ लाख रुपैयाँ नगद पुरस्कार दिनुपर्ने घोषणा गरिसकेको छ ।

डिजाइनकर्ताले एशियन क्रिकेट काउन्सिल (एसीसी) र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को प्रोटोकललाई ध्यान नियम रहेको छ । यस्तै जर्सीमा नेपालको राष्ट्रिय झण्डामा प्रयोग भएका रंगको संयोजन हुनुपर्नेछ । यस्तै नेपालको खेल परम्परालाई झल्काउने र नेपाली क्रिकेटको लिगेसीलाई प्रतिबिम्बित गर्ने किसिमको जर्सी हुनुपर्ने क्यानले जनाएको छ ।