काठमाडौँ– राष्ट्रपति भएपछि पहिलो पटक गृहजिल्ला ताप्लेजुङ पुगेकी राष्ट्रपति बिद्यादेवी भण्डारी पाथीभरा दर्शनबाट बञ्चित भएकी छन् ।


ADVERTISEMENT


शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट तेप्लेजुङ प्रस्थान गरेकी राष्ट्रपति भण्डारी खराव मौसमका कारण पाथीभरा पुग्न नसकेकी हुन् ।


ADVERTISEMENT

# # #


पाथीभरामा अवतरण हुन नसकेपछि हेलिकप्टर सुकेटार बिमानस्थलमा अवतरण गरिएको थियो । बिमानस्थलमा उनलाई फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल, प्रमुख जिल्ला अधिकारी मोनबहादुर जीसी, वरिष्ठ प्रहरी उपरीक्षक पिताम्बर अधिकारी, रणभीम गुल्मका गुल्मपति रबि केसीसहितले स्वागत गरे ।

स्वर्गीय पति मदन भण्डारीको जन्मस्थलमा गरिने नागरिक अभिनन्दनका लागि राष्ट्रपति ताप्लेजुङ पुगेकी हुन् । पाथीभरामा अवतरण हुन नसकेपछि उनले हेलिकप्टरबाटै उपल्लो ताप्लेजुङको घुन्सा र गोला क्षेत्रको अवलोकन भने गरेकी छन् ।

दिउँसोसम्म पनि मौसममा सुधार नआएपछि राष्ट्रपति भण्डारी नागरिक अभिनन्दनका लागि मदन भण्डारीको जन्मस्थल मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघु पुगेकी छन् ।

त्यहाँ उनले पति भण्डारीको जन्मघरको अवलोकन गर्नेछिन् भने मैवाखोला गाउँपालिका र मैवाखोला सेवा समाजले गर्ने अभिनन्दन ग्रहण गर्नेछिन् ।