काठमाडौँ– दोस्रो लहरको कोभिड–१९ संक्रमण रोकथाम एवम् नियन्त्रणका लागि गत वैशाख १६ गतेदेखि लागु गरिएको निषेधाज्ञालाई सरोकारवालहरुले सर्वसाधारणको आवश्यकता र जोखिमलाई मध्यनजर गर्दै क्रमशः खुकुलो बनाउँदै लगेको छ ।


ADVERTISEMENT


यसैबीच उपत्यकाका आजदेखि जोर र बिजोर प्रणालीलाई अनुशरण गर्दै ट्याक्सी एवम् निजी सवारी साधन सञ्चालनका लागि समेत अनुमति दिइएको छ ।


ADVERTISEMENT

# # #


यद्यपि तत्कालका लागि अन्य सार्वजनिक यातायात नखुल्ने भएपनि आबाट राइड सेयरिङ सेवा भने सञ्चालनमा भएको छ । जोर बिजोर प्रणालीसंगै सञ्चालनमा सो सेवा जनस्वास्थ्यको मापदण्डलाई पालना गरी सञ्चालनमा ल्याइएको पठाओका क्षेत्रीय निर्देशक अशिममान सिंह बस्न्यातले जानकारी दिए का छन् । उनका अनुसार, आवश्यक छलफलपछि आज राति १२ बजेदेखि नै सेवा पुनः सञ्चालनमा ल्याइनेछ ।

त्यस्तै, टुटलले पनि भोलिदेखि सेवा सुरु गर्ने पक्षमा सकरात्मक देखी सोहि अनुरुप तयारी थालेको जनाएको छ ।