काठमाडौँ– नेपाल ओलम्पिक समितिले टोकियो ओलम्पिक–२०२० लाई मध्यनजर गर्दै छात्रवृत्ति प्राप्तकर्ता, वाइलकार्ड, एथ्लेटिक्स एवम्प्रशिक्षकका लागि एकदिने तालिम  कार्यक्रम सम्पन्न गरेका छन् ।


ADVERTISEMENT


समितिद्वारा आयोजित सो कार्यक्रममा मनोविद्द्वय इन्द्र बहादुर तथा राजेश्वरी श्रेष्ठले संयुक्त रुपमा ओलम्पिक्स खेलमा प्रतिनिधि गर्ने समूहलाई आफ्ना भावनालाई निन्त्रण गर्दै जित हासिल कसरी गर्न सकिन्छ? भन्ने विषय सम्बन्धि उचित ज्ञान प्रदान गरेका हुन् ।


ADVERTISEMENT

# # #


वेट लिफ्टिङ कराँते, जुडो, शुटिंग, पौडिबाज तथा एथ्लेटिक्स लगायतका उपस्थित रहेको सो कार्यक्रममा उपस्थित हुन नसकेका धनुष बाजकर्ताले भने जुमको माध्यमबाट कार्यक्रममा सहभागीता जनाएका थिए ।

सोहि क्रममा एनआसीका अध्यक्ष जीवनराम श्रेष्ठ एवम् उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यले कार्यक्रमको अवलोकन समेत गरेका थिए ।