काठमाडौँ – नेपाली कांग्रेसका नेताहरुले निष्पक्षताका साथ क्रियाशिल सदस्यताको टुङ्गो लगाउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


नेपाली कांग्रेसको आसन्न महाधिवेशनको रणनीति बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको बैठकले निष्पक्षताका साथ क्रियाशिल सदस्यताको टुङ्गो लगाउनुपर्ने र क्रियाशिल सदस्यता छानविन समितिले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने निष्कर्ष निकालेको हो ।


ADVERTISEMENT

# # #


वडा समितिको अधिवेशन अघि नै क्रियाशिल सदस्यताको टुङ्गो लगाउनुपर्ने छलफलमा सहभागी कांग्रेस नेता प्रकाशमान सिंहले जानकारी दिए । त्यस्तै सभापतिको उम्मेद्वारका विषयमा पनि छलफल भएको उहाको भनाई छ । त्यस्तै नेता अर्जुन नरसिंह केसीले क्रियाशिल सदस्यता वितरणमा त्रुटी देखिएकोले पारदशी ढंगले यस विषयको अन्तिम टुङ्गो लाग्नुपर्ने बताए ।

महाधिवेशनको तयारी, नीति र नेतृत्वबारे छलफल भएको नेताहरुले जनाएका छन् । महाधिवेशनको माहोल बढ्दै जाँदा शीर्ष नेताहरू आन्तरिक छलफलमा केन्द्रित भइरहेको बेला पौडेलले पनि आफूपक्षीय केन्द्रीय सदस्यहरूसँग छलफल गरेका हुन् । वरिष्ठ नेता पौडेलसहित सो समूहको छलफलमा महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइराला लगाएतका नेताहरुको सहभागीता रहेको थियो ।