सिन्धुली – राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा लामो समय देखि सिन्धुलीको सामाजिक कार्यमा सक्रिय एवं नेपाली कांग्रेस कमलामाई नगर सदस्य राजु चौलागाई र नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता ईश्वर थापा नेकपा एमाले प्रवेश गरेका छन् ।


ADVERTISEMENT


युवा संघ नेपालका इन्चार्ज एवं पूर्वमन्त्री महेश बस्नेतले उनीहरुलाई खादा लगाई प्रवेश गराएका छन् । नवप्रबेशीहरुलाई कार्यक्रममा संघका अध्यक्ष किरण पौडेल ,सिन्धुली एमाले अध्यक्ष प्रदिप कटुवाल,युवा संघका पदाधिकारी लगाएतले स्वागत गरेका छन् ।


ADVERTISEMENT

# # #


पार्टीमा स्वागत गर्दै पूर्वमन्त्री बस्नेतले नवप्रबेशीहरुको निर्णयको प्रशंशा गर्दै ढुक्क भएर एमालेको अभियानमा सक्रियता पूर्वक लाग्न आग्रह गरेका छन् । उनले अहिले देशमा केही पूर्व समुहहरुको नाममा गठित अनेक पूर्व क्लबहरु देशलाई अस्थिरताको दिशातर्फ धकेल्ने चल्खेलमा तल्लिन रहेकोले उनीहरुको शशक्त प्रतिबाद गर्न युवाहरु एकजुट भै लाग्न निर्देशन दिएका छन् । पूर्व आयुक्त,पूर्व न्यायाधीश, बार एसोसिएसनका पूर्व पदाधिकारीहरु सबै मिलेर अहिले सरकार र राष्ट्र बिरुद्ध अनेक षड्यन्त्र गरिरहेको उनले बताएका छन्।

संघका अध्यक्ष किरण पौडेलले केपी शर्मा ओलीले राष्ट्रियता र समृद्धिको लागि चालेको कदमका कारण प्रवेशको यो लहर देशव्यापी चलिरहेको र संघले नवप्रवेशी साथीहरुलाई संगठनमा उचित जिम्मेवारी प्रदान गर्ने प्रतिबद्दता व्यक्त गरेको महासचिव रमेश आचार्यले जानकारी दिएका छन् ।

नवप्रवेशी राजु चौलागाईले आफू कुनै लोभलालच राखेर एमालेमा प्रवेश गरेको नभई नेपाली कांग्रेस भित्र लोकतन्त्र र राष्ट्रियतामा आएको विचलन तथा कांग्रेस रवैयाबाट मुक्त हुन तथा केपी शर्मा ओलीको राष्ट्रवादी अडानबाट प्रभावित भएर प्रवेश गरेको बताएका छन् ।