धादिङ– धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ । घटनास्थलबाट ९ पुरुष र ७ महिला र ३ बच्चाको शव फेला परेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


मृत्यु हुने मध्ये ९ जनाको मात्रै सनाखत भएको छ भने अन्यको सनाखत हुन सकेको छैन । बेपत्ताको खोजीकार्य जारी छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन भएको छैन ।


ADVERTISEMENT

# # #


खचाखच यात्रु लिएर आएको बस गजुरी गाउँपालिकाअन्तर्गत घाटबेँसीको मोडबाट त्रिशूली नदीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताए । दुर्घटनामा अरु १५ जना घाइते भएका छन् । उनीहरुको गजुरी अस्पताल र केहिलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

घाटबेँसीको बाङ्गेस्थित दुर्घटना भएको स्थानमा त्रिशूली नदी सडक किनार छेउमा आएको र बाटो घुमाउरो भएकाले रात्रि बसले धेरै गतिका कारण नियन्त्रणमा लिन नसकेर नदीमा परेको बताइएको छ ।

सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको थियो । नदीमा डुबेको बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ ।

हालसम्म सनाखत भएका ९ जना मृतकको नामावली :

नरेश मुखिया – सप्तरी
शुसान चौधरी – सप्तरी
रमानन्द यादव – सप्तरी
संजित कुमार झा – सप्तरी
सिम्मी कुमारी झा -सप्तरी
आदित्य यादव – सप्तरी
ममता देवी ठाकुर – मधुवन बिहार ईन्डिया
राज कपुर यादब – सिरहा
पार्वती चौधारी – सप्तरी

 दुर्घटनाका घाइतेहरुकाे नामावली

अमन ठाकुर – राजबिराज न पा. – २
श्रवण कुमार ठाकुर – राजबिराज न पा . -२
उद्द्ब ठाकुर – – राजबिराज न पा . -२
दिवस कान्त पन्डित – सिराह भगवानपुर -१
दुर्गा नन्द चौधरी – राजबिराज न पा . -९
दुर्गा नन्द यादब – राजबिराज न पा . -९
नितिदिता चौधरी
सुगम चौधरी
सन्तोश सरदार – सप्तरी राजविराज
मनोज ठाकुर – मधुवन बिहार
गणेश ठाकुर – मधुवन बिहार
गौरी शंकर ठाकुर – मधुवन बिहार
अभिषेक चौधरी – मधुवन बिहार
सुशिल यादब – सप्तरी राजविराज
सुरेन्द्र कुमार यादब – सप्तरी राजविराज