काठमाडौँ – स्पेन युरोकपको सेमिफाइनलमा पुगेको छ । गए राति भएको खेलमा स्वीट्जरल्याण्डलाई टाइब्रेकरमा हराउँदै स्पेन सेमिफाइनलमा पुगेको हो ।


ADVERTISEMENT


स्पेनले स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा १ का विरुद्ध ३ गोलले पराजित गरेको हो । खेलको आठौ मिनेटमा स्वीट्जरल्याण्डका डेनिस जाकारियाले जोर्डी आल्बाले बल रोक्ने क्रममा आत्मघाती गोल गरेकोमा ६८ औँ मिनेटमा स्वीट्जरल्याण्डका कप्तान जद्रान शाकिरीले गरेको गोलले बराबरीमा पुगाएको थियो ।


ADVERTISEMENT

# # #


निर्धारित अतिरिक्त समयसहितको खेलमा दुबै देशले १–१ गोलसहित बराबरी खेलेपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो ।

अब स्पेनले इटालीसँग सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्नेछ । हिजै भएको खेलमा बेल्जियमलाई पराजित गर्दै इटाली सेमिफाइनलमा पुगेको छ ।