काठमाडौँ – निजी क्षेत्रबाट विद्युतीय बस चलाइरहेको सुन्दर यातायात प्रालिले नेपालमै विद्युतीय बस एसेम्बल गर्ने भएको छ । सुन्दरले साउनभित्र एसेम्बल प्लान्ट स्थापना गरी एक वर्षभित्र सयवटा विद्युतीय सवारी एसेम्बल गर्ने बताएको छ ।


ADVERTISEMENT


चीनको सिचुवान गुहाङ अटोमोबाइल र यूएईको सेक ग्रुपको लगानीमा सुन्दरले एसेम्बल प्लान्ट स्थापना गर्न लागेको हो । कम्पनीका अध्यक्ष भेषबहादुर थापाकाअनुसार चिनियाँ कम्पनीको ४७ प्रतिशत, सेकको ४६ प्रतिशत र सुन्दर यातायातको ७ प्रतिशत लगानी प्लान्टमा रहने छ ।
कुल ३ अर्ब ६० करोडमा प्लान्ट स्थापना गर्न लागिएकोमा थापाले बताए । जसबाट पहिलो वर्ष १ सय, दोस्रो वर्ष ३ सय र तेस्रो वर्ष १ हजारसम्म सवारी एसेम्बल गर्ने थापाको भनाइ छ ।


ADVERTISEMENT

# # #


एसेम्बल प्लान्ट स्थापनाका लागि सैनामैना नगरपालिकाले ८ बिगाह १० कट्टा जग्गा उपलब्ध गराउने भएको छ । नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाभित्रको खालि जग्गा वार्षिक ६ लाखमा लिजमा दिन लागिएको बताए । नगरपालिकाले असार १५ गतेको सर्वदलीय बैठकमा प्रस्ताव गर्दै १६ गतेको नगरसभामार्फत सुन्दरलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।