सल्लेरी, सोलुखुम्बु– सञ्चारकर्मी डोमा शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा लागेकी छन् ।


ADVERTISEMENT


आउँदो वर्षको वसन्तऋतुमा सगरमाथा चुम्ने योजनाका साथ ग्रीन लेक ट्रेक एण्ड एक्सपीडिसन नामक ट्रेकिङ कम्पनीबाट आरोहण गर्ने तयारी भइरहेकाले त्यसका तालीम लिँदै, आर्थिक संकलनको अभियानसमेत शुरु गर्न थालिएको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


महिला सशक्तीकरण र राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा महिला पत्रकारलाई पत्रकारिता पेशाप्रति आकर्षित गर्दै पर्यटन विकासमा सहयोग पुर्याउने उद्देश्यले सगरमाथा आरोहण गर्न लागेको र यसका लागि रू ३९ लाख लाग्ने भएकाले यतिबेला अर्थव्यवस्थापनमा नै व्यस्त रहेको डोमाको भनाइ छ ।

स्थानीय सोलुदूधकुण्ड नगरपालिका–२ सालबेँसीमा जन्मिएकी डोमा अहिले पत्रकारिता विषयमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत छिन् । उनी भविश्यमा पत्रकारितासँगै महिला अधिकारको निम्ति सशक्तरूपमा अघि बढ्ने सोचमा छिन् ।