कानूनको सर्वोच्चता र विधिको शासनलाई अङ्गीकार गर्दै बाहिरियौँ स् वसन्त नेम्वाङ


ADVERTISEMENT


काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निवर्तमानमन्त्री वसन्तकुमार नेम्वाङलाई बिदाइ गरेको छ । मन्त्रालयमा आयोजित समारोहमा सचिव हरिप्रसाद बस्याल, उच्चपदस्थ कर्मचारी एवं विभाग, प्राधिकरण, समिति र संस्थानका पदाधिकारीले मन्त्री नेम्वाङलाई बिदाइ गरेका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा निवर्तमान मन्त्री नेम्वाङले संसदीय प्रणाली र दलीय व्यवस्थाभन्दा बाहिर गएर अदालतले फैसला गरे पनि कानूनको सर्वोच्चता र विधिको शासनलाई अङ्गीकार गर्दै बाध्यात्मकरूपमा सरकारबाट बाहिरिनुपरेको बताए ।

उनले शक्तिपृथकीकरणको सिद्धान्तविपरीत अदालतको फैसला आएको भए पनि त्यसलाई स्वीकार गरेर आफूहरू सरकारबाट अलग भएको उल्लेख गरे । परमादेशभन्दा जनादेश नै ठूलो हुने भएकाले सबै विषयको निरुपण समेत जनताले नै गर्ने उनको भनाइ थियो । जनताले गर्ने फैसला नै सबैभन्दा ठूलो विषय हुने मन्त्री नेम्वाङको भनाइ थियो ।

अदालतको अनपेक्षित फैसलापछि आफूले यस मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुपरेको उल्लेख गर्दै उनले पुनःअदालतकै त्यस्तै फैसलापछि बाहिरिएको बताए । उनले जे जति दिन काम गर्न पाइयो, त्यसमा गौरवका साथ कार्यसम्पादन गरिएको स्पष्ट पारे । मन्त्रालयका सचिव बस्यालले मन्त्रालयले अत्यन्तै परिपक्व नेतृत्व र अभिभावक पाएको भन्दै छोटो समयमा पनि प्रभावकारी कार्यसम्पादन भएको बताए ।

परिस्थिति फेरिएकाले यसलाई सहजरुपमा लिएर आगामी दिनमा कार्यसम्पादन गर्ने उनको भनाइ थियो । सो अवसरमा मन्त्रालय मातहतका विभाग, प्राधिकरण, संस्थान र समितिका पदाधिकारीको उपस्थिति थियो ।