काठमाडौँ – यूनियन लाइफ इन्सोरेन्सको शेयर बाँडफाँड भएको छ ।


ADVERTISEMENT


कम्पनीको शेयर निष्काशन तथा विक्री प्रवन्धक प्रभु क्यापिटलकाअनुसार ५ लाख ८० हजार ५ सयले १० कित्ताका दरले शेयर पाएका छन् भने आवेदन दिएकामध्ये १६ लाखको हात खालि भएको छ । इन्सोरेन्सको शेयरका लागि २१ लाख ८२ हजार ७ सय ७५ ले आवेदन दिएकोमा जसमध्ये ४ हजार ८०१ को दोहोर आवेदनका कारण तथा ६५ हजार १७५ को आवेदन अन्य कारणले रद्द भयो ।


ADVERTISEMENT

# # #


इन्स्योरेन्सले गत असार २४ गतेदेखि सय रुपैयाँ अंकित दरले ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो ।

आजै प्रि–अलटमेन्ट वोर्डमा प्रतिवेदन बुझाइ वोर्डले स्वीकृति दिएलगत्तै शेयर बाँडफाँड गरेको हो ।