काठमाडौँ – अधिवक्ता खम्मबहादुर खाती प्रधानमन्त्री शेरबहादुर देउवाको महान्यायाधिवक्तामा नियुक्त भएका छन् ।


ADVERTISEMENT


बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिशमा बाजुरा जिल्ला निवासी अधिवक्ता खातीलाई नेपालका महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।


ADVERTISEMENT

# # #


नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।