काठमाडौँ – नेपाली कांग्रेसका नेताहरुले पार्टीको क्रियाशील सदस्यता विवादलाई छिटो समाधान गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।


ADVERTISEMENT


कांग्रेसका महामन्त्री शशांक कोइरालाको निवासमा बिहीबार बसेको कांग्रेस नेताहरुको छलफलले केहि जिल्लामा क्रियाशील सदस्यता विवाद भएको र यसलाई छानविन समितिले छिटो टुङ्गाउनुपर्ने निष्कर्ष निकालेको हो । हाल बारा र धनुषामा क्रियाशील सदस्यतामा विवाद देखिएको छ भने उक्त जिल्लाका नेता तथा कार्यकर्ताले पार्टी कार्यालय सानेपामा धर्ना दिइरहेका छन् । छलफलपछि कांग्रेस नेता अर्जुन नरसिंह केसीले विवाद देखिएका जिल्लामा विवाद समाधान हुन नसके यसअघिकै क्रियाशील सदस्यता सूचीलाई मान्यता दिनुपर्नेमा एकमत रहेको बताए ।


ADVERTISEMENT

# # #


उनले तोकिएको समयमा महाधिवेशनमा जुट्न अपिल गरिएको जानकारी दिए । केसीले कांग्रेस नेतृत्वको सरकारलाई सफल बनाउन सबै लाग्नुपर्ने बताए । सरकारमा सहभागी हुने अन्य नेताहरुको बिषयमा कुनै निर्णय नभएको उनको भनाइ छ ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुननरसिंह केसी लगायतका नेताहरु सहभागी थिए। आसन्न काँग्रेसमा महाधिवेशनमा सभापतिको धेरै आकांक्षी छन । प्रधानमन्त्री देउवाले पनि पार्टी सभापतिमा उठ्ने बताइसकेका छन् । पछिल्लो समय देउवाइतरका नेताहरु सभापतिको साझा उम्मेद्वार बनाउन छलफल गर्दै आएका छन् ।