काठमाडौँ – नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर युवाहरुले ‘अखिल फोर्स’ गठन गरेका छन् ।


ADVERTISEMENT


अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरुले युथ फोर्स ब्युँताएपछि नेपाल निकट युवाहरु अखिल फोर्स गठन गरेका हुन् । नेपालनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले काठमाडौंमा उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै बिहीबार ‘अखिल फोर्स’ बनाएका हुन् ।


ADVERTISEMENT

# # #


५०१ सदस्यीय अखिल फोर्सको अध्यक्षमा तपेन्द्रजंग शाही रहेकोे अनेरास्ववियू माधव पक्षका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए । उनले वरिष्ठ नेता माधव नेपाललाई आक्रमणको चेतावनी दिनेलाई प्रतिवाद गर्ने चेतावनी दिए ।

उनीहरुले प्रतिनिधिसभा बिघटनबिरुद्ध एकजुट भएर सांसदहरुले हस्ताक्षर गरेकै कारण संविधानको रक्षा भएको जिकिर गरेका थिए । यसअघि एमाले ओली निकट युवा संघले युथ फ्रोस व्युताएको थियो ।