काठमाडौँ – नेकपा एमालेको माधव कुमार नेपाल समूहकी नेतृ तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूहरुले विश्वासको मत दिने बताएकी छन् ।


ADVERTISEMENT


आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सांसद झाँक्रीले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनु आफूहरुको कर्तव्य भएको बताएकी हुन् । संविधाको धारा ७६(५) को प्रधानमन्त्रीका लागि देउवालाई समर्थन गरेको र राष्ट्रपति कार्यालयबाट नियुक्ति नभएपछि सर्वोच्च अदालतल ढोका ढक्ढक्याएकोले परमादेश जारी गरेपछि बनेको सरकारलाई विश्वासको मत दिनु आफूहरुको कर्तव्य रहेको उनले तर्क छ ।


ADVERTISEMENT

# # #


संसदको पूरै कार्यकाल सञ्चालनका लागि फ्लोर क्रस गरेरै भए पनि देउवाको पक्षमा भोट हाल्ने उनले बताएकी छन् ।

उनले फेसबुकमा भनेकी छन्, ‘हामीले ७६(५) को प्रमको लागि संघिय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ। अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो। सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ। त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं। यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं।

असार २८ गते सर्वोच्च अदालतले संसद विघटनलाई बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोही अनुसार प्रतिनिधिसभाको बैठक आज अपरान्ह ४ बजे बस्दैछ । असार २९ गते प्रधानमन्त्री बनेका प्रधानमन्त्री देउवा ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनु पर्ने भएकाले आजै लिने निर्णय गरेका छन् ।