काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको सदस्य पदमा अधिवक्ता तेजबहादुर रावल चुनिएका छन् ।


ADVERTISEMENT


समिति सदस्य अधिवक्ता खम्मबहादुर खाती महान्यायाधिक्ता नियुक्त भएपछि खाली रहेको सो पदमा नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले कांग्रेसको विधानको धारा २५(९) बमोजिम उनलाई आजै नियुक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


यसअघि राधेश्याम अधिकारीले राजीनामा दिएपछि महादेव यादवलाई संयोजक तोकिएको थियो । यससंगै पाँच सदस्यीय समितिमा हाल संयोजक यादवसहित गोपालकृष्ण घिमिरे, सीताराम केसी, एकराज पोखरेल सदस्य रहेका छन् ।