काठमाडौँ – संघीय संसदमा विभिन्न किसिमका अनलाइन गेमहरु बन्द गरिनुपर्ने माग गरिएको छ । सांसद आशाकुमारी विकले मंगलबार प्रतिनिधिसभाको बैठकमा बच्चाहरुमा नकारात्मक असर परेकोले अनलाइन गेम बन्द गर्नुपर्ने माग गरेकी हुन् ।


ADVERTISEMENT


कोरोनाको कहरले बालबालिकामा परेको असरले देशको शिक्षामा डरलाग्दो अवस्था सिर्जना भएको उनले बताइन् । उनले बाबालिकामा पब्जी, फ्रिफायर लगायतका अनलाइन गेमको लत बसेकाले बन्द गरिनुपर्ने माग गरिन् ।


ADVERTISEMENT

# # #


उनले भनिन्, ‘इन्टरनेट प्रयोगकर्ता बढेको छ । यो खुसीको कुरा हो । तर, पब्जी र फ्रिफायरजस्तो खेलको लतमा फेसका उनीहरुमा देखिएको डराउने, झस्किने, जिद्दीपना जस्तो अनौठो बानीले बच्चाको आमाबुवामा परेको तनावले निम्तिने रोगहरुको दृश्य सामान्य लाग्ला । तर, पछि गएर मानसिक रोगीको अस्पतालको अभाव हुने संकेत देखिएकोले तत्काल सरकारले यी अनलाइन खेलहरु बन्द गरोस् ।’

उनले सरकारले यी खेलहरु बन्द नगरे अभिभावकहरु न्याय खोज्दै अदालतको ढोका ढक्ढक्याउने अवस्था आउन सक्ने भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन् ।