काठमाडौँ – पछिल्लो समय शासक–प्रशासकहरुका लागि आफ्ना काम, नीति तथा कार्यक्रम आज जनतसमक्ष पुर्याउनका लागि सामाजिक सञ्जाल प्रभावकारी माध्यम बन्दै आएको छ ।


ADVERTISEMENT


अमेरिकी राष्ट्रपति जोय बाइडेनदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्मले सामाजिक सञ्जालहरुलाई आफ्नो प्रचारप्रसारको प्रभावकारी माध्यम बनाएका छन् । नेपालका पूर्वप्रधानमन्त्री केपी शर्माओलीले पनि सामाजिक सञ्जालको भरपुर प्रयोग गरेका थिए । उनले टिकटक एकाउन्ट खोलेको विषयले निकै चर्चा पाएको थियो ।


ADVERTISEMENT

# # #


तर, मिडियामा कमै मात्र आउने र सामाजिक सञ्जालमा निष्क्रियप्रायः प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेपछि भने केही फरक देखिन थालेका छन् ।

फेसबुक, ट्वीटरमा साममाजिक सञ्जालमा सक्रिय रहँदै आएका प्रधानमन्त्री देउवा अब भाइबरमा समेत जोडिएका छन् ।

उनले आफू नेतृत्वको सरकारले गरेका कामहरुकोबारेमा जनतालाई जानकारी दिन भाइबर कम्युनिटी बनाएका हुन् ।

यो समाचार तयार पार्दासम्म प्रधानमन्त्री देउवाको उक्त भाइबर कम्युनिटीमा झण्डै ६ सय जना जोडिएका छन् ।

प्रधानमन्त्री देउवाको भाइबर कम्युनिटीमा जोडिनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://vb.me/officialcommunity