उद्धवराज थपलिया

प्रमुख कार्यकारी अधिकृत (सीइओ), नेपाल फाइनान्स लिमिटेड

नेपाल फाइनान्स कुन गतिमा कसरी अघि बढिरहेको छ ?


ADVERTISEMENT


नेपाल फाइनान्सले जुन रफ्तारमा जानुपर्थ्यो अझैँ त्यो गति समातिसकेको छैन, तथापि सकारात्मक बाटो पहिल्याइसकेको छ । नेपाल राष्ट्र बैंकले तोकेका सीमाहरुलाई तथा विभिन्न परिसूचकहरुलाई सुधार गर्दै विस्तारै अघि बढेका छौँ । विगतका कमीकमजोरी हरुबाट पाठ सिक्दै संस्थागत सुशासन तथा नेपाल राष्ट्र बैंकबाट दिइएको निर्देशनहरुको पालना सहित संस्था मजबुद रुपमा अघि बढ्दै गरेको अवस्था हो । शाखा संजाल विस्तार , पूजीँ वृद्धि साथे व्यवसाय वृद्धिका लागि लागिरहेका छौ जुन स्थायित्व सहितको व्यवसाय वृद्धि हुने क्रममा छ ।


ADVERTISEMENT

# # #


ललितपुर फाइनान्सको प्राप्ति पछि अहिले संस्था कुन स्थानमा पुग्यो ?

शाखाको हिसाबले शाखा सञ्जाल १० शाखा र १ एक्टेन्शन काउन्टर पुगेका छन् । यस आर्थिक वर्षमा १० वटा शाखा विस्तार गर्ने हाम्रो योजना छ । पूँजी ५० करोड र निक्षेप संकलन ७५ करोड पुगेकोमा कर्जा पनि सोही हाराहारीमा विस्तार गरिसकेको अवस्था छ । यस आवमा यसलाई ४ गुणाले वृद्धि गर्ने लक्ष्यका साथ अघि बढेका छौँ । दुवै संस्थाको संचिती नोक्सानी लाई लगभग परिपूर्ति गर्न सफल भएका छौँ ।

नेपाल फाइनान्स सकारात्मक दिशामा अघि बढेकोमा आगामी दिनमा व्यवसाय र पूँजी वृद्धि गर्ने तथा राष्ट्र बैंकले तोकेअनुसार पूँजी पुर्याउने लक्ष्यकासाथ अघि बढेका छौँ । आगामि आर्थिक बर्षमा उचित प्रतिफल दिनसक्ने गरी कार्ययोजनाहरु तय भएका छन् ।

नेपालमा फाइनान्स सञ्चालनका चुनौतीहरु के के छन् ?

नेपाल राष्ट्« बैंकले सम्बन्धन दिएका संस्थाहरुमा ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा विभाजन गरेको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गमा एउटै नीति छ । तर ‘क’ र ‘ग’ मा कामको दायरामा अलिकति फरक छ, त्यो के हो भने ‘ग’ वर्गको बैंकले ‘क’ वर्गको जसरी क्रेडिट कार्ड जारी गर्न, एलसी खोल्न र विदेशी मुद्रा कारोवार गर्न पाउँदैनन् नत्र लगभग सबै सेवा समान हुन्छन् । पूँजीमा उनीहरु ठूलो आकारको हुन्छन् भने फाइनान्स कम्पनीमा सानो आकारको हुन्छ ।

फाइनान्स कम्पनीको तुलनामा बिकास बैंक तथा बाणिज्य बैंकको निक्षेपमा दिने व्याज कम हुने तथा लागत कम हुदाँ कर्जामा प्रदान गर्ने व्याजदर पनि कम नै हुन्छ । त्यसैगरी फाइनान्स कम्पनीमा निक्षेपको व्याजदर केहि बढी हुनेहुँदा निक्षेपका लागि हामी कहाँ आउनेहरु पनि कर्जाका लागि वाणिज्य बैंक तथा बिकास बैंकमा जाने हुँदा सन्तुलनमा राखेर अघि बढ्नुपर्ने चुनौती हामीमा छ भने अर्को तर्फ भर्खरै व्यवसाय गर्न लागेको व्यक्ति कर्जा लिन आउँदा पहिला फाइनान्स कम्पनीमा आउछ उसलाई हामी बैंकिङ सिकाउँछौँ, बैंकिङ प्रणाली सिकेर अभ्यस्त भएपछि बाणिज्य बैंक तथा बिकास बैंकहरुले त्यस्ता ग्राहकहरुलाई खोसेर लगिदिन्छन यो चाहिँ हामीलाई एकदम ठूलो चुनौती रहेको छ ।

अरु चीजहरु सामान्य छन्, बैंकिङमा चुनौतीहरु त हुन्छन् नै तिनको सामना गर्दै मिलाउँदै अघि बढ्नुपर्छ ।

नेपालको सन्र्दभमा बैंकिङ्ग बानीको विकास गराउने ट्रेनिङ्ग हबको रुपमा फाइनान्स कम्पनीहरुको एकदमै महत्वपूर्ण भूमिका छ जस्तो लाग्छ ।

नियामक निकायले फाइनान्सलाई गर्नुपर्ने सहजीकरणहरु के छन् ?

नियामक निकायले धेरै चीजहरु त सहजीकरण गरिरहेकै छ, तर ‘क’, ‘ख’ र ‘ग’ वर्गलाई एउटै निर्देशिकाबाट निर्देशित हुने भएकाले फाइनान्स कम्पनीहरुको पूँजीको आकार, व्यवसायको आकार तथा बजार हिस्सा समेतको आधारमा पाउने सुविधाहरुलाई एउटा छुट्टै उपसमुह अन्र्तगत राख्ने व्यवस्था गरिदिए सहज हुन्थ्यो । गरेकै पनि छ । गाभ्ने , गाभिने तथा प्राप्ति गर्ने क्रममा धेरै संख्या घटिसकेको अबस्थामा अब बाँकी रहेका फाइनान्स कम्पनीहरु सबल हुनुपर्छ तथा यिनिहरुलाई पनि संरक्षण गर्नुपर्छ भन्ने धारणा विकास भएको छ, यो एकदमै सकारात्मक कुरा हो जस्तो लाग्दछ ।

अझैँपनि फाइनान्समा आम बुझाइ अलि सकारात्मक देखिदैन, फाइनान्सतर्फ आकर्षण बढाएर यसलाई फराकिलो बनाउन के गर्नुपर्छ ?

अहिले पनि आम जनमानसमा फाइनान्स भनेको सहकारी संस्था नै हो भन्ने एकखालको भ्रम विद्यमान रहेको छ । यसका लागि दुईवटा काम गर्नुपर्ने देखिन्छ । हामीले एशोसिएसन मार्फत वित्तीय साक्षरता कार्यक्रम अघि बढाउने गरी कार्ययोजना बनाएका छौं र संस्थाहरु आफैले पनि आ–आफ्नो स्थानबाट गरिरहेका छन । अर्को भनेको अहिले राष्ट्रियस्तरको फाइनान्स बन्नका लागि ८० करोड चुक्ता पूँजी पुग्नुपर्छ भन्ने छ । ५/६ वर्ष पहिले वाणिज्य बैंकहरुको पूँजी पनि लगभग यही हाराहारीमा थियो । यसकारण फाइनान्स कम्पनीलाई पनि वित्तीय बैक लेख्न दिनुपर्छ भन्ने हाम्रो माग छ । यो आवाज उठाइरहेकोमा अहिले यसमा बहसहरु पनि हुन थालेका छन् । यूनिभर्सल बैंकिङ्ग अभ्यास अनुसार पनि हाम्रो माग जायज छ ढिला चाँडो यसको कार्यान्वयन हुन्छ भन्नेमा हामी विश्वस्त पनि छौ । अर्कोतर्फ फाइनान्स कम्पनीबाट प्रवाहित हुने सेवाहरुलाई चुस्त दुरुस्त पार्ने, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने र फाईनान्स कम्पनीहरु पनि बजारमा सेवा दिन तयार छौ है भन्ने गरी आफ्नो पहिचान र सेवालाई स्थापित बनाउने जसले गर्दा ब्यवसाय विस्तार र दायरा फराकिलो हुन जान्छ भन्ने मेरो बुझाई हो ।

फाइनान्सलाई सर्वसुलभ बनाउन के गर्नुपर्छ ? सेवा कसरी विस्तार गरिराख्नुभएको छ ?

सामान्यतया नेपाल राष्ट्र बैंक बाट स्वीकृत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुमा फाईनान्स कम्पनीहरु नै सबैभन्दा सर्वसुलभ छन् ।

फाइनान्स भनेको ‘ग’ वर्गको बैंक हो, यो सहकारी होइन । हामी क्रेडिट कार्ड दिन सक्दैनौँ र एलसी खोल्न पाउँदैनौँ । बाँकी सबै सेवा बाणिज्य बैंक तथा विकास बैंक जस्तै समान हुन्, त्यसमा मात्र व्यावसाय गर्न सक्ने आकार, पूँजीको आकारमात्र फरक हो त्यसैले यसलाई बैंक नै भनेर बुझ्न पर्छ ।

दायरा फराकिलो बनाउने काम हुँदैछ, विश्वासको मात्र कमी भएकाले केही अप्ठ्यारा देखिए पनि सकारात्कमक दिशामा अघि बढिरहेको अबस्था छ यसलाई वित्तीय साक्षरताको माध्यमबाट सेवा प्रवाहको माध्यमबाट आफ्नो पहिचान बनाउने हो ।

नेपाल फाईनान्स लिमिटेडको हकमा कुरा गर्दा हामी नेटवर्क बढाउनको लागि शाखा संजाल विस्तार गर्ने, डिजिटल बैंकिङ्गका सबै सेवा र सुविधाहरु प्रदान गर्ने लगाएत अत्याधुनिक बैंकिङ्ग सेवाहरु विभिन्न १० वटा शाखा र १ वटा एक्टेन्सन काउण्टर मार्फत प्रदान गरिरहेको अवस्था छ । यसलाई अझ सर्वसुलभ बनाई विस्तार गर्दै लैजाने योजनाका साथ अगाडी बढिरहेका छौं ।

यही क्रममा आगामी वर्षमा हामी देशका विभिन्न स्थानहरुमा थप १० वटा शाखा संजाल वृद्धि गर्ने लक्ष्यका साथ अगाडी बढीरहेका छौं । हालसम्म हाम्रो योजनालाई विभिन्न नियमनकारी निकायहरुबाट राम्रो सहयोग र साथ पाईरहेका छौं र भविष्यमा पनि यसरी नै साथ, सहयोग पाईरहने छौं भन्नेमा हामी ढुक्क छौं ।

फाइनान्समध्ये पहिलो फाइनान्सका हिसाबले नेपाल फाइनान्सलाई नम्बर वन बनाइराख्न तपाईँको नेतृत्वमा आगामी भिजन के छ ?

लगानीकर्ताको चाहना पनि नेपाल फाइनान्स प्रभावकारी रुपमा देशभर ७७ जिल्लामै पुगोस् भन्ने छ । ठूलो मात्र बन्ने होइन राम्रो संस्था बनाऊँ भन्ने सोचेर शीर्ष ५ भित्र पर्ने गरी योजना बनाएर अघि बढेका छौँ । सेवा विस्तार पनि त्यत्तिकै महत्व भएकाले शाखा विस्तारको योजना बनाएर ७७ जिल्लामै पुग्नेगरी योजना बनाएर अघि बढेका छौँ ।

महामारी र बन्दको असर कस्तो छ ?

सबैलाई महामारीको असर परेकोमा अहिले तेस्रो र चौथौँ लहर आउने विज्ञहरुले सुझाइरहेका बेला लगानी जोखिममा परेको छ । केहीले सुधार गरेपनि केही अझैँ घाटामा छन् भने कतिपय व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको छ । यसो भन्दैमा चुपो लागेर बस्ने भन्ने नि हुँदैन । केही समय पछाडि धकेलिएला तर ठीक हुन्छ । हामी नयाँ तरिकाले अघि बढ्ने तयारी गरिरहेका छौँ । मौद्रिक नीति पनि कोभिडको असर परेका सबैलाई सन्तुलनमा लाने गरी आउँछ भन्ने अपेक्षा हाम्रो छ, हामी सबैले त्यहीअनुसार राय दिएका छौँ पनि । अर्थतन्त्रलाई चलायमान गराई संयमताका साथ काम गरिरहनुको विकल्प छैन । महामारीले सबै क्षेत्रलाई असर गरेको छ सर्वप्रथमत मानव जिवन रक्षा नै महत्वपूर्ण हुन्छ, तसर्थ केहि समय धैर्यताका साथ काम गरौ, पछि सहज परिस्थितिमा आएपछि दौडने वा व्यवसाय विस्तार गर्ने दिन अवश्य आउँछ ।

सेवाहरु डिजिटलमा लादै गर्दा नेपालका वित्तीय संस्था कत्तिको सुरक्षित छन् ?

प्रविधिको विकास सगै जोखिम त बढ्छ नै । यसलाई जोखिम व्यवस्थापन गर्नेगरी समग्र रुपमा आइटी व्यवस्थापन गर्ने र त्यसअनुसार अघि बढ्ने काम सबैले गरिराखेकै छन् । आजका दिनसम्म त्यस्तो छैन, यसो भन्दैमा भोलिको दिनमा नआउला भन्न सकिन्न । तर सबै बैंक तथा वित्तीय संस्था यसमा सचेत छन् र तयारी गरिराखेकै छन् ।

नेपाल राष्ट्र बैंकबाट पनि प्रविधि सुरक्षा तथा जोखिमको सन्र्दभमा समय समयमा सचेत गराइरहेको अवस्था छ र हाल सम्म बैंक तथा वित्तीय संस्थाहरुले पनि सावधानीका साथ काम गरिरहेका छन् ।

अन्तिममा के भन्नुहुन्छ ?

हामीले दिने सेवा वाणिज्य बैंकहरु जत्तिकै सुलभ र उत्तिकै प्रभावकारी छन । युवा नेतृत्वमा रहेर हामीले सेवा दिइरहेका छौँ, यहाँ आइ नबुझी हाम्रो सेवा कस्तो छ भन्ने थाहा हुँदैन । नियमनकारी निकाय , कर्मचारी, लगानीकर्ता, ग्राहक सबैको सहयोगका कारण संस्थाले एउटा राम्रो गति लिएको छ । हामीलाई सेवा गर्ने अवसर दिनुहोस । सेवा प्रवाहको सन्र्दभमा केही गुनासो , राय , सुझावहरु छन भने त्यसलाई सुधार गरी आगामी दिनहरुमा थप प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गर्दछु साथै सवै पक्षबाट साथ सहयोग पाइरहने अपेक्षा समेत गर्दछु ।