काठमाडौँ – संसदीय समितिले भाषा परीक्षा (ईपीएस) पास गरेकालाई तत्काल कोरिया पठाउन सरकारलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT


आइतवार सिँहदरबारमा बसेको समितिको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उक्त निर्देशन दिएको हो ।


ADVERTISEMENT

# # #


हाल विविध कारण देखाउँदै सरकारले दक्षिण कोरिया पठाउन आलटाल गरेपछि ईपीएस पास गरेका १० हजार नेपाली अलपत्र परेका छन् । सोही विषयलाई लिएर समितिमा उजुरी परेको थियो ।

उजुरीमाथि छलफल गरी आवश्यक प्रक्रिया पुर्याएर कोरिया पठाउन समिति निर्देशन दिएको हो ।