काठमाडौँ – ग्लोबल आईएमई लघुवित्तले गएको आर्थिक वर्ष २०७७/७८ को चौथो चौमासिकको प्रगति विवरण सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


यस अवधिमा ग्लोबल आईएमई लघुवित्तको नाफा २८३ दशमलव ०९ प्रतिशतले वृद्धि भएको छ । उक्त विवरण हेर्दा कम्पनीका अन्य सूचक पनि सकारात्मक देखिएका छन् ।


ADVERTISEMENT

# # #


उक्त अवधिसम्म कम्पनीले २२ करोड ७६ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, त्यसअघि संस्थाको खुद नाफा ५ करोड ९४ लाख रहेको थियो ।

यस अवधिमा खुद ब्याज आम्दानी ७२ प्रतिशतले वृद्धि गर्दै संस्थाले ४५ करोड ३१ लाख पुगाएको छ ।

यससँगै संस्थाको नाफा ३१ करोड ३२ लाख पुगेको छ भने संस्थाको चुक्ता पूँज ४३ करोड १७ लाख, जगेडा कोष पनि ३४ करोड ५४ लाख र प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ २ पैसा पुगेको छ ।

 

61074325f141f.jpg