काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासनले भिडभाड हुने कुनै पनि किसिमका गतिविधि नगर्न सर्वसाधारणलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT


पछिल्लो समयमा बढ्दै गएको कोरोना र यसको जोखिमबीच पनि विभिन्न समूहबाट भिडभाडजन्य कार्य भएको र त्यसले तेस्रो लहरको सम्भावनालाई उच्च पारेको भन्दै प्रशासनले त्यस किसिमका कुनै पनि गतिविधि नगर्न सर्वसाधारणमा सुचित गरिएको हो ।


ADVERTISEMENT

# # #


आज एक सूचना जारी गर्दै काठमाडौँ प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भनेका छन्, ‘वर्तमान अवस्थामा विभिन्न समूहबाट भिडभाडजन्य क्रियाकलाप गर्ने, विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी र्‍यालीजस्ता गतिविधिमा संलग्न रहने, भौतिक दूरी कायम नगरी अव्यवस्थित रुपमा सञ्चालन गर्नाले कोभिड–१९ को संक्रमण दर अझ उच्च हुन गई तेस्रो आउन सक्ने देखिएकाले स्वासथ्य मापदण्ड विपरितका यस्ता गतिविधि नगर्न/नगराउन सबै पक्षलाई सूचित गरिन्छ ।’

यस्तै, प्रशासनले निषेधाज्ञा तथा जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने/गराउने पक्षलाई कानुन बमोजिम कारवाहि गरिने समेत जनाएको छ ।